गण्डकीमा थप ७१ संक्रमित

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७७
covid 19 corona banner

पोखरा, ११ असोज । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका २१ जना लमजुङका १६ जना बागलुङका ३१ जना र नवलपुरका ३ जना रहेका छन् ।

कास्कीका संक्रमित पोखरा महानगरपालिकाका हुन् । लमजुङका मध्यनेपाल, बागलुङको गलकोट, जैमिनी, काठेखोला र बागलुङका रहेका छन् । त्यस्तै, नवलपुरका कावासोती र मध्यविन्दुका हुन् ।

पोखरा–३ र १५ का २ पुरुष नेपाल प्रहरीमा कार्यरत हुन् । पोखरा–३ कै ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार हुन् । लमजुङ मध्यनेपाल–६ का ३५ बर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक हुन् । बागलुङ जिल्लाका धेरैजसो संक्रमित भारतबाट र केहि संक्रमित जापान, ओमान, दुबई, क्यानाडाबाट आई क्वारेन्टिनमा बसेको निर्देशनलयले जनाएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ४४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width