दाउन्नेमा पहिरोले बस पुरिँदा १ जनाको मृत्यु, १७ घाइते

रामकुमार श्रेष्ठ
असाेज ९, २०७७
bus

नवलपरासी । पूर्वी नवलपरासीको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा खसेको पहिरोमा बस पुरिँदा बसमा सवार १ जनाको मृत्यु भएको छ । पहिरोमा परी १७ जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार विहीबार साँझ विनयीत्रिवेणी २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो ।

पूर्वबाट पश्चिम जाँदै गरेको उक्त बस पुरिँदा बसमा सवार १८ जना घाइते भएका थिए । घाइतेमध्ये पश्चिम रुकुमको आठबीसकोठ गाउँपालिका १० बस्ने २५ वर्षीय हरिषचन्द केसीको विहीबार राति ९ बजे उपचारक्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपलिका निवासी २७ वर्षीया महिला प्रतिभा खड्का, १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी, सल्यान सिमखर्क गाउँपालिका ७ निवासी ३५ वर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० वर्षीय रमेश खड्का र बाफीकोट गाउँपालिका ४ बस्ने २७ वर्षीया शीवा पुन गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ ।

अबरुद्ध सडक बिहान साढे ४ बजेदेखि संचालनमा आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width