बागलुङ र सिन्धुपाञ्चोक विपद् सङ्कट क्षेत्र

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७७

फाइल तस्बिर

पोखरा । बागलुङ र सिन्धुपाञ्चोक जिल्लालाई विपद् सङ्कट क्षेत्र घोषणा गरिएको छ । सरकारले ती दुई जिल्लालाई असोज मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको जानकारी दिँदै सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारले विश्वबैंकमार्फत नेपाललाई ६ अर्बभन्दा बढी लगानी गरेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अगुवाइमा ती जिल्लामा पुनःनिर्माणको काम गर्ने बताए ।

सरकारले हाइटीमा हैजाको कारणले भएको क्षतिपछि पुनःस्थापना र राहतका लागि पाँच हजार डलर सहयोग गर्ने भएको छ ।

यस्तै नेपाल र इजरायल सरकारबीच श्रम सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा अञ्जना शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय गरिएको छ ।

सरकारले असोज २४ मा हुने भनिएको निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामी मङ्सिर २७ मा गर्ने निर्णय गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको उनले बताए । सरकारले कोभिड –१९ को जोखिमका कारणले निर्वाचन मिति सारेको हो ।

यस्तै, एक्जिआटा इन्भेष्टमेन्ट (युके) र एनसेल प्रालिले नेपाल सरकारविरुद्ध इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट फर द इन्भेष्टमेन्ट डिसपुट्समा दिइएको मध्यस्थतासम्बन्धी मुद्दाको प्रतिरक्षा गर्ने निर्णय गरेको छ ।

सरकारले बङ्गलादेश सरकारसंँग आवश्यक समन्वय गरी ५० हजार मेट्रिक टन युरिया मल यथाशीघ्र सापटी लिने र समयमै फिर्ता गर्ने व्यवस्था प्रचलित कानूनबमोजिम गर्न कृषि तथा पशुपन्छी मन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width