पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले स्वेच्छिक अवकास लिएका कर्मचारीलाई बिदाइ गरेको छ ।
एशोसिएसनले विशाल बजारको सम्पूर्ण सरसफाइको जिम्मा निजी कम्पनी इजी फ्यासिलिटीलाई दिएको हो । त्यहाँ कार्यरत् सरसफाइ कर्मचारीहरूले स्वेच्छिक अवकास लिएका हुन् ।
एशोसिएसन अध्यक्ष केशवबहादुर खत्रीले कर्मचारीको योगदानलाई आफूहरूले कहिले पनि नभुल्ने बताए । समय परिस्थिति अनुसार बाध्यतावश सरसफाइका सम्पूर्ण काम निजी क्षेत्रलाई दिनुपर्ने अवस्था आइपरेको हँुदा आफूहरूले नचाहँदा–नचाहँदै अवकाश दिनुपरेको भन्दै दुःख लागेको बताए ।
उनले अबदेखि शनिवार पनि विशाल बजार खुला हुने बताउँदै ग्राहकलाई १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिए ।
स्वेच्छिक अवकास लिएका कर्मचारी भीमा क्षत्री, शान्ति भुजेल, माया मगरलाई दोसल्ला र नगदसहित बिदाइ गरिएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य सचिव बुद्विबहादुर कुँवर, धन्यवाद ज्ञापन नि. अध्यक्ष प्रदीपकुमार मुल्मी र महासचिव इन्द्रराज अर्यालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७