काठमाडौं, ६ असोज । यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल गरेको छ ।
सार्वजनिक यातायातका साधन सञ्चालन भएको अवस्थामा कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सहयोग गर्न विभागले आग्रह गरेको हो ।
विभागले होटल रेष्टुरेन्ट, सवारी साधनका सञ्चालक, सवारी चालक, सहचालक, यात्रु सबैले आफू पनि सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ । विभागका प्रवक्ता डा लोकनाथ भुसालले यात्रुलाई स्वच्छ खाना तथा खाजा प्याकिङ गरी उपलब्ध गराउने व्यवस्था गर्न सडक आसपास सञ्चालनमा रहेका होटल रेष्टुरेन्टलाई अनुरोध गरे।
यात्राका क्रममा जथाभावी खानाखाजा खाँदा, सवारी साधनमा चढ्ला, झर्दा, अनावश्यक यात्रा गर्दा कोभिड सङ्क्रमण झन् फैmन सक्ने सम्भावना औँल्याउँदै विभागले यात्राका क्रममा आफूलाई आवश्यक पर्ने खानाखाजा आफैँ घरबाट प्याकिङ गरी साथमा लिएर हिँड्न पनि अनुरोध गरेको छ । विभागले कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएको अहिलेको अवस्थामा अत्यावश्यक कामका लािग मात्र यात्रा गर्न आग्रह गरेको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१