कुष्माका ३ पुरुषमा संक्रमण पुष्टि

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७७
corona_1

पोखरा, ६ असोज ।  पर्वतको कुष्मामा ३ जना संक्रमित फेला परेका छन् । उनीहरु कुष्मा नगरपालिका वडा ७ का वर्ष १९, २० र ३३ का पुरुषहरु हुन् ।

क्षयरोग उपचार केन्द्र,पोखरामा गरिएको नमुना परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए । उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङ आधारमा पत्ता लागेका हुन् ।

यो सहित प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८२ पुगेको छ । हालसम्म २ हजार २ सय १९ निको भएका छन् । ३२ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width