स्याङ्जामा ५ जनालाई कैद मिनाह

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७७

स्याङ्जा। संविधान दिवस अवसरमा स्याङ्जा कारागारका ५ जना कैदीबन्दीले शनिवारदेखि कैद मिनाह पाएका छन्।

माफी मिनाह पाउनेमा अर्जुनचौपारी गाउँपालिकाका शंकर खत्री र पितम केसी खत्री, पुतलीबजार नगरपालिकाका डमबहादुर गुरुङ र फत्तबहादुर भुजेल र चापाकोट नगरपालिकाका लाबबहादुर सार्की रहेका छन्। लालबहादुर सार्की गौबध र अन्यको भने चोरी अभियोग भएको कारागार प्रमुख चूडामणि भण्डारीले बताए ।

नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिइएकी हुन् ।

उनीहरुको कैद मिनाह भएसँगै जिल्ला कारागारमा अब १ सय ४३ पुरुष सहित १४ जना महिला गरी १ सय ५७ कैदी बन्दी रहनेछन्।

चोरी र गौबधको अभियोगमा ५० प्रतिशत कैद समय भुक्तान गरेका उनीहरुको ५० प्रतिशत कैद सजाए मिनाह भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width