पोखरा । कुनै पनि बालबालिका शिक्षाको पहुँचबाहिर हुन नहुनेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
राष्ट्रिय बाल दिवस अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले आयोजना गरेको जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समारोहमा उनीहरुले हालको कठिन अवस्थामा कोही पनि बालबालिका शिक्षाको पहँुचबाहिर हुन नहुनेमा जोड दिए ।
दिवसको नारा “विपद्मा बालअधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता” बमाजिम इकाइले जिल्लामा रहेका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीबीच निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।
सहभागीहरुले सरकारी वा निजीमा अध्ययनरत कोही पनि विद्यार्थी शिक्षाको पहुँचवाट बाहिर हुन नहुने भन्दै पहुँचभन्दा बाहिर रहेको विद्यार्थीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने बताए ।
बालबालिकाको शिक्षा, स्वास्थ्यसँगै सामाजिक विकासको क्षेत्रमा सरकारले सुधार गर्न नसके त्यो नारा र सरकारले लिएको लक्ष्य कहिल्यै पूरा नहुने उनीहरुको भनाइ थियो ।
जिल्ला समन्वय समिति कास्की प्रमुख एवं जिल्ला शिक्षा समिति अध्यक्ष बैनबहादुर क्षत्रीले बालबालिकालाई भोलिका देशका कर्णाधार भनेरमात्र नहुने त्यसका लागि गर्नुपर्ने धेरै कामहरु नभएको बताए ।
बालदिवसका दिन मात्र बालअधिकारको कुरा गर्ने र अन्य दिन बिसर्ने परिपाटी हामीमा रहेकोले अब सबैले वर्षभरि नै बालअधिकारसँगै उनीहरुको शिक्षा, स्वास्थ्य र सामाजिक अधिकारको लागि काम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
इकाइ प्रमुख नारायण सुवेदीले संविधानसँगै अन्य नियम कानूनले दिएको बालअधिकारको विषयमा शिक्षा क्षेत्रका सरोकारवालाले अध्ययन नगर्दा कहिलेकाहीँ समस्या आउने गरेको बताए । शिक्षा क्षेत्रका सरोकारवालासँगै सबैले बालअधिकारमा उल्लेख भएका कुरा अध्ययन गर्न उनको आग्रह थियो । बालबालिकाहरु आफैले आफ्नोअधिकार खोज्न नसक्ने भएकाले उनीहरुको अधिकार संरक्षण गर्ने जिम्मा अभिभावक र विद्यालयमा शिक्षकको रहेको भनाइ सुवेदीको थियो ।
निबन्ध प्रतियोगितामा ढुँगेसाँघु बोर्डिङ स्कुलकी अनुष्का रिजाल प्रथम, निष्पक्ष माविकी अनिशा रानामगर द्वितीय र हिमालय माविका मणिराज गुरुङ तृतीय भए । उनीहरुले क्रमशः २, २ र १ हजार पाए । जनप्रियकी आकृति सापकोटा र मादीका प्रज्ज्वल गुरुङ सान्त्वना भए ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७