बागलुङ प्रहरी प्रमुखमा लोकेन्द्र श्रेष्ठ सरूवा

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७७
Baglung

बागलुङ । प्रहरीप्रधान कार्यालय काठमाडौंले जिल्ला प्रहरी कार्यालय बागलुङमा लोकेन्द्र श्रेष्ठलाई सरूवा गरी पठाएको छ ।

प्रहरीप्रधान कार्यालय मानव बेचबिखन अनुसधान ब्यूरोमा कार्यरत् प्रहरी उपरीक्षक श्रेष्ठलाई बागलुङको प्रहरी प्रमुखको जिम्मेवारी दिएर पठाएको हो ।

उता, बैशाखमा सरूवा भएर आएका प्रहरी प्रमुख शारदाप्रसाद चौधरीलाई प्रहरीप्रधान कार्यालय सरूवा गरेको छ ।

कोरोना भाइरसलक्षित गरी सरकारले लगाएको लकडाउन निषेधाज्ञा लगायत कार्यक्रम समेत केही महिनायता प्रहरी प्रशासनको भूमिका त्यति प्रभावकारी बन्न नसकेको महसुस जिल्लावासीले गर्दै आएका थिए ।

नयाँ प्रहरी प्रमुख आएपछि जिल्लामा शान्तिसुरक्षा लगायत विषयमामा समेत परिवर्तन आउने अपेक्षा जिल्लावासीले गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width