दमक, २९ भदौ । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।
मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए ।
हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१