पोखरा । मादी गाउँपालिकाले वडा ४, तारकाङमा पालिकास्तरीय आइसोलेसन कक्ष सहितको क्वारेन्टिन स्थापना गरेको छ ।
पन्ध्र शैयाको सो आइसोलेसन तथा क्वारेन्टिन कक्षमा अक्सिजन सिलिन्डरदेखि सबै आधारभूत स्वास्थ्य सुविधा तथा चौबीसै घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत रहने पालिकाले जनाएको छ ।
जसका उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री एवं संघीय सांसद खगराज अधिकारीले मादीमा कोरोना भाइरसको कारण केही योजना प्रभावित भएपनि छिटै अवरुद्ध भएको विकास निर्माणका परियोजनाहरु सुचारु हुने बताए ।
कोरोनाको कुनै पनि औषधि बनिनसकेको अवस्थामा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने नै यसबाट बच्ने मुख्य उपाय भएको भन्दै सबै जना आ–आफ्नोस्वास्थ्यप्रति सचेत रहन आग्रह गरे ।
कोरोनाले एकवर्षभरिकै शैक्षिक सत्र अलपत्र पारेको भन्दै अब १ सय जनाभन्दा कम विद्यार्थी रहेको विद्यालयहरुमा स्वास्थ्यकर्मी सहितको उपस्थितिमा विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिए । अब दसैंभित्रै रुदी–भैसे जोड्ने मध्यपहाडी लोकमार्गको लागि टेन्डर आह्वान हुने र गाउँ–गाउँ जोड्ने मोटरबाटो छिटै निर्माण हुने अधिकारीले बताए ।
गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले अहिले मादी गाउँपालिकाले कोरोनाको प्रकोप व्यवस्थापनको लागि १ करोड रुपैयाँको विपत् व्यवस्थापन कोष स्थापना गरेर काम गरिरहेको जानकारी दिए । जसअन्तर्गत वडा–वडामा अस्थायी क्वारेन्टिन बनाएको, संक्रमितहरुलाई निशुल्क गाडी र एम्बुलेन्स सेवा लगायतको अन्य सेवाहरु दिइरहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य बृहस्पति सापकोटा, गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल, नेकपा मादी गाउँपालिका अध्यक्ष कृष्णराज दाहाल, गाउँपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटा, वडा ४ अध्यक्ष सत्यराज सापकोटा लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्यो
कुमाल बस्तीमा सुरु भयो उपचार
सिद्धार्थ राजमार्ग अब आर्थिक कोरिडोर
पाल्पाली समाजमा रेशम थापा रचक
वाराहीमा पूर्व विद्यार्थी मञ्च गठन
hero news full width
मुख्य समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७