फाइल फोटो ।
पोखरा, २७ भदौ । गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १ का ८५ वर्षीय पुरुषको आज मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
उनलाई भदौ २४ गते क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा ल्याइएको थियो ।
यो सँगै यस उपचार केन्द्रमा मृत्यु हुने संक्रमितको संख्या १० जना पुगेको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।