रुपामा पहिरोले एक युवतीको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७७
Srijana BK

पोखरा, २३ भदौ । कास्कीको रुपा गाउँपालिकामा गएराति अविरल वर्षाका कारण पहिरोले घर भत्किँदा एक युवतीको मृत्यु भएको छ ।

बराहचोक–६ का काजीबहादुर विकको घर भत्किँदा उनकी २० वर्षीया छोरी सिर्जना विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब साढे ४ बजे घरपछाडिबाट खसेको पहिरोले काजीबहादुरको घर पुरेको कास्की प्रहरी प्रवक्ता प्रहरीले नायव उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width