नक्कली प्रेस कार्ड बनाउने गिरोह फन्दामा

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७७
Press card

पोखरा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेका बेला सडकमा प्रेस लेखिएका गाडी र मोटरसाइकल बाक्लै भेटिन्छ । लकडाउनका कारण मिडिया उद्योग धराशयी भएर २ हजारभन्दा धेरै पत्रकार बेरोजगार बनेका बेला सडकमा भने प्रेस लेखिएका ज्याकेट लाउने र परिचयपत्र भिर्नेको संख्या बढिरहेको छ।

प्रेस कार्डको दुरुपयोग बढिरहेको आवाज उठिरहेका बेला प्रहरीले सोमबार नक्कली प्रेस पास र ज्याकेट बनाउने बागबजारस्थित एक प्रेसमा छापा मारेको छ। लकडाउनमा सहज आवागनका लागि भन्दै विभिन्न मिडिया तथा प्रिन्टिङ प्रेसको लोगोसहितको परिचयपत्र तथा प्रेस अंकित ज्याकेटहरु बनाएर बिक्री गर्ने गिरोह प्रहरीको फन्दामा परेको हो। पक्राउ परेका तीनजनाको विवरण प्रहरीले खुलाएको छैन।

फेसबुकमार्फत सम्पर्क गरेर परिचयपत्र बनाइ होम डेलिभरी गर्दै आएको गिरोहले एउटा प्रेस कार्डको ५ सयदेखि २ हजारसम्म लिने गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

सोमबार बागबजारस्थित ‘कालिका डिजाइन’बाट नक्कली प्रेसपास बनाउनेहरु पक्राउ परेका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभापति शान्तराम बिडारीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width