भक्तपुर, १६ भदौ । सूर्यविनायक नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले टोलटोलमा कन्ट्याक्ट ट्रेसिङ गर्दै स्वाब सङ्कलन अभियान शुरु गरेको छ । नगरपालिका क्षेत्रमा जोखिमयुक्त वडा र टोलको पहिचान गरी नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरी टोलटोलमा स्वाब सङ्कलन शुरु गरेको हो ।
नगरपालिकाले सोमबार सूर्यविनायक चोक (ट्रली बसपार्क) मा वडा नं ६ र ८ का कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रहरीसहित ५५ जनाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाएको छ । नगरप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं १, ६ र ८ का वडाध्यक्ष क्रमशः सानुकाजी कायस्थ, राजेश्वर भुजु र किरण थापा, वडा नं २ र ३ का वडासदस्य सुवास कार्की, प्रभुराम श्रेष्ठसहितको जनप्रतिनिधिको टोली सहभागी भएर स्थानीयवासीको स्वाब सङ्कलन गरिएको थियो ।
नगरप्रमुख थापाले नगरपालिका क्षेत्रमा पछिल्लो समयमा अधिक संख्यामा कोरोना भाइरस सङ्क्रमण भएका जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै पिसीआर परीक्षणको दायरा फराकिलो पार्दै लगेको बताए । उनले नगरपालिकाले आवश्यकताका आधारमा जोखिमयुक्त टोलमै पुगेर स्वाब सङ्कलन गर्ने, उनीहरुलाई होम क्वारेन्टिनमा राख्ने, सङ्क्रमण पुष्टि भएका तर लक्षण नदेखिएकालाई होम आइसोलेसनमा राख्ने, सक्रिय सङ्क्रमितलाई अस्पताल लैजानेलगायतका कामलाई व्यवस्थितरूपमा सञ्चालन गरेको बताए । नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङ सकिएपछि थप सङ्क्रमित बढ्न नदिन विशेष अभियान थालेको जानकारी दिए ।
कोरोना भाइरस सङ्क्रमण भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सोमबार दुई वडाको स्वाब सङ्कलन गरेको नगरपालिकाका उपप्रमुख बस्नेतले बताए । उनले सम्भावित जोखिम क्षेत्रमा जनचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिए ।
प्रशासकीय अधिकृत ज्ञवालीले स्वाब सङ्कलन गर्न टोलटोलमा जानका लागि नगरपालिकाले नेपाली सेनाको वीरदल गण सूर्यविनायकको समन्वयमा स्वाब सङ्कलन गर्ने विशेष भ्यान नै तयार गरेको बताउँदै यो भ्यानले आगामी दिनमा टोलटोलमा गएर स्वाब सङ्कलन गर्न सहज हुने बताए ।
सूर्यविनायक नगरपालिकामा अहिलेसम्म ७५ पुरुष र ५४ महिला गरी १२९ सङ्क्रमितमध्ये ५२ पुरुष र ३९ महिला गरी ९१ सक्रिय सङ्क्रमित रहेको बताए । तीमध्ये ६५ होम आइसोलेसनमा रहेको, २६ अस्पतालमा उपचाररत रहेको, २१ पुरुष र १४ महिला गरी ३५ जना निको भएर घर फर्किएको तथा दुई महिला र एक पुरुष गरी तीन जनाको ज्यान गएको ज्ञवालीले जानकारी दिए । अहिलेसम्म २०५ को कन्ट्याक्ट ट्रेसिङ गरिएकामा ४५ जना अर्थात् २२ प्रतिशतमा पिसीआर पोजेटिभ आएको उनले जानकारी दिए । सोमबार ५५ सहित २६० जनाको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१