चाेरी गरिएका सामान सहित २ प्रकाउ

विनिता सुनार
भाद्र १३, २०७७
chori

पोखरा, भदौ १३ । चोरी गरिएका विभिन्न सामानहरु सहित २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले प्रकाउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१२ का २३ बर्षीय सन्तोष लामिछाने र २० बर्षीय रोशनी थापा मगर लामिछाने रहेका छन्।

पोखरा महानगरपालिका–१३ गौडाकोमुख स्थित जयगंगा मार्गमा स्थायी घर भई हाल अष्ट्रेलिया बस्दै आएका ठाकुरप्रसाद पोख्रेलको दुईतल्ले घरको चाबी फोरी घरभित्र रहेका टि.भी, कुकर, भाडावर्तन, लत्ताकपडा गरी अन्दाजी एक लाख ९५ हजार ५ सय पचास बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले बताए।

अनुसन्धानको क्रममा उनीहरुको साथबाट एक थान ४२ ईन्चको एलजि स्मार्ट टि.भी, क्यानन क्यामरा, एक थान मोवाइल, भाडावर्तन लगायत लत्ताकपडा बरामद भएको छ । पक्राउ परेका दुबैलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width