हेमजा । ‘एक पालिका एक खेल मैदान’ निर्माणअन्तर्गत माछापुच्छ्रे मावि खेलमैदान स्तरउन्नतिमा गलत इन्जिनियरिङ भएको पाइएको छ।
हाल उक्त मैदानमा प्यारापिट, कार्यक्रम हल तथा चेञ्जिङ रुम निर्माण भइरहेकोमा चेञ्जिङ रुम तथा कार्यक्रम हलका कारण दर्शकले प्याराफिटबाट खेल मैदानको केही भाग देख्न सक्ने अवस्था छैन। मैदानको उत्तरपट्टी निर्माण कार्यहरु भइरहेका छन् । जसअन्र्तगत चेञ्जिङ रुम र कार्यक्रम हल बीच भागमा बनिरहेको छ ।
स्थानीय युवाले निर्माणको विषयमा आवाज उठाएसँगै गाउँपालिकाले त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त मैदान गाउँपालिकाकै इञ्जिनियरबाट इञ्जिनियरिङ गरी निर्माण सुरु गरिएको हो।
जसका लागि संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख तथा गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ।
चेञ्जिङ रुम माथि निर्माण भइरहेको कार्यक्रम हलले छेकेर चेञ्जिङ रुम नजिकै पूर्वपट्टीको प्याराफिटमा बसी खेल हेर्ने दर्शकले पश्चिम उत्तर क्षेत्रको खेल देख्न पाउँदैन ।
‘पश्चिमपट्टीको प्याराफिटमा बसी खेल हेर्ने दर्शकले पूर्व उत्तर क्षेत्रको खेल हेर्न सक्दैन । यो कस्तो इञ्जिनियरिङबाट निर्माण भइरहेको मैदान हो ?’ अन्नपूर्ण–१ निवासी शिव सुवेदीले गुनासो गरे।
उनी भन्छन्, ‘हामीले कसैको विरोध गरेको हैन, गलत काम भइरहेको छ भनेर खबरदारीमात्रै गरेको हो । निर्माण जारी रहेकाले त्यस्तो काम रोक्नुपर्ने पनि उनले बताए।सरकारी रकमको दुरुपयोग गरिएको भन्दै उनले उपलब्धि शून्य भएको आरोप समेत लगाए।
यता, अन्नपूर्ण २, ढिकुरपोखरीका युवा रमेश भण्डारीले गाउँपालिकाले मैदान निर्माणमा आवश्यक रकम विनियोजन नगरेको बताए । संघीय सरकारले ५० लाख लगानी गरेपछि गाउँपालिकाले २० लाख थप्नुपर्ने हो ।संघको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानी हुनुपर्नेमा मैदान निर्माणमा उक्त मापडण्ड कायम नगरिएको उनको भनाइ छ।
निर्माण समिति अध्यक्ष यमप्रसाद भण्डारीले बिनास्टिमेट काम गर्नुपर्दा समस्या आएको बताए । ‘गाउँपालिकाले स्टिमेटबारे बुझाएन, यसो गरमात्रै भन्यो । अहिले समस्या आयो,’ उनले भनेका छन्।
जेठबाटै निर्माण सुरु गरेपनि अध्यक्ष भण्डारीले गाउँपालिकाबाट बिहीवारमात्रै उक्त मैदान निर्माणको स्टिमेट बुझेका छन्।
गाउँपालिका जनप्रतिनिधिले भने निर्माणको बचाउ गरेका छन् । गाउँपालिका अध्यक्ष युवराज कुँवरले केही युवा चर्चामा आउन खेलमैदानबारे अनर्गल प्रचार गरिरहेको बताए। ‘त्यस्ता युवा खेलमैदानविरोधी हुन् भन्ने गाउँपालिकाको ठम्याई छ,’ उनले भने।
‘केही कुरा बिग्रिएकै हो तर प्रचार गरेजस्तो सबै बिग्रिएको छैन । चेञ्जिङ रुमसँगै जोडेर दायाँ–बायाँ २÷२ मिटर फराकिलो सिँढी बाटो बनाउन बाँकी नै छ,’ उनले स्पष्ट पारे । निर्माणक्रममा स्थानीय रेवती पौडेलको घर बचाउँछौं भन्दा केही समस्या थपिएको उनले सुनाए ।
गाउँपालिका अध्यक्ष कुँवरले मैदान निर्माणमा खेल क्षेत्रकै इञ्जिनियर ल्याउने प्रतिबद्घता समेत जनाएका छन्।
Related News
सम्बन्धित समाचार
रोटरी काठमाडौं हेरिटेजको पदस्थापन
भलिबलमा अटल हिमाल
पिसिएममा पाइथन प्रोग्रामिङ तालिम
भूगोलविद् डा. हर्कको सालिक अनावरण
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१