काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन् । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गरेका उनले पछिल्लोपटक शान्तिका अग्रदूत गौतम बुद्धको भूमि नेपाललाई ‘यो मुक्त भूमि हो, बुद्ध भूमि’ बोलको गीत रचना गरेका छन् ।
कोभिड– १९ का कारण यो ‘बुद्ध भूमि’ नामक गीत भर्चुअलरुपमा सार्वजनिक भएको छ । गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको सङ्गीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर रहेको छ । गीतको प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाकार दीर्घ गुरुङ हुन् । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ ।
उपाध्यक्ष गौतमले अहिलेसम्म ४३ गीत रचना गरिसकेका छन् । उनले आफ्ना ती गीतलाई सङ्कलन गरी गीतिसङ्ग्रह ‘मेरो गीतियात्रा’ पनि प्रकाशनमा ल्याएका छन् । उनका ती गीत राष्ट्रियभावले भरिएका छन् । त्यसलगायत कला, सांस्कृतिक, सामाजिक र आर्थिक उन्नतिका लागि पनि उनका गीतले सन्देश दिएका छन् । जनआन्दोलन २०६२/०६३ पछि राजतन्त्रको अन्त्यसँगै उदय भएको गणतन्त्रको शुरुआतमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोज्ने क्रममा गीतको छनोट गर्ने जिम्मा लिएको समितिलाई गौतमद्वारा रचित ‘प्राण प्यारो देश नेपाल’ पठाइएको थियो ।
“जनआन्दोलनपछि परिवर्तित सन्दर्भमा उक्त राष्ट्रिय गीतको विकल्प खोजियो । नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो”, उनले भने, “मैले पनि आफूले रचना गरेको गीत पठाएँ तर उक्त गीत उत्कृष्ट सातभित्र पनि परेन । त्यही गीत मेरो गीतियात्राको प्रारम्भ बन्न पुग्यो ।” त्यसो त उनी आफू जीवनको प्रारम्भकालदेखि नै छन्द कविता र गीति लेखनमा रुचि रहेको बताउँछन् । विद्यालयस्तरदेखि नै गीत सङ्गीत र कवितामा रुचि राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पूरा भएको बताउँछन् ।
“विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रममध्ये अधिकांशमा मेरो सहभागिता हुने गरेको थियो”, उनी भनछन्, “तर त्यसबेला मैले के र कस्ता विषयमा कविता लेखेँ वा वाचन गरेँ, त्यसबारे कुनै सम्झना छैन ।”
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१