पोखरा । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा १ हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फोनपे पेमेन्ट सर्भिस लि.ले साथ दिएको छ ।
सो अभियानअन्तर्गत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार १ छुट्याइने छ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइनेछ ।
भेन्टिलेटर बैंकले सय दिनमा १ हजार भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ । हरेक कारोबारमा एक छुट्याउने सम्झौतामा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष नीरञ्जन श्रेष्ठले हस्ताक्षर गरे । यो अभियान भदौ १ अर्थात् आजदेखि लागू हुनेछ ।
सम्झौतापछि एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भने ‘यो विषम परिस्थितीमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले भेन्टिलेटर बैंकलाई सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ ’।
नेपालमा ३ करोड जनताका लागि करिब ६ सय वटामात्र भेन्टिलेटर उपलब्ध छन् । नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
सो रिक्तता पूर्तिका लागि भेन्टिलेटर बैंकले यो अभियान सुरू गरेको हो । यस किसिमको पूर्वाधारको विकास समुदायको प्रतिबद्धता र रचनात्मक प्रयासहरूले सम्बोधन गर्न सकिने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१