हेमजा, ३२ साउन। नेलम्बो नेपालले शनिवार एक कार्यक्रमका बीच पोखरा २८ स्थित कालिकास्थान र माझठानामा दोस्रो चरणको खाद्य राहात सामग्री तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको छ।
संस्थाले कोरोना भाइरस(कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि उक्त सामग्री वितरण गरेको हो।वडाका अति विपन्न, असक्त, असाहाय, दैनिक ज्यालादारी मजदुरलाई सामग्री वितरण गरिएको हो। जस अन्र्तगत खाद्य राहाततर्फ चामल, दाल, तेल, सोयाविन, नुन र सरसफाईको लागि डिटोल साबुन उपलब्ध गराइएको छ ।
कालिकास्थानका ५० र माझठानाका ५० गरी जम्मा एक सय परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो ।सोही क्रममा स्वास्थ्य सुरक्षाका सामग्री पिपिई, फेस शिल्ड क्याप, ज्वरो नाप्ने थर्मल गन, के.एन् ९५ माक्स, सेनिटाइजर, डिस्पोजेवल पञ्जा पनि वितरण गरिएको छ ।कुल रु.२ लाख ३४ हजार नौ सय ८० वरावरका सामग्री वितरण गरिएको नेलम्बोले भनेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछानेले नेलम्बोले छोटो समयमा सम्बन्धित स्थानमै पुगी धेरै सहयोग उपलब्ध गराएको बताए। नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले कोरोना भाइरसको जोखिम दिनानुदिन बढ्दै गएकाले त्यससँग थप सजक हुनुपर्नेमा जोड दिए ।उनले वितरण गरिएका सवै स्वास्थ्य सामग्रीको उचित प्रयोग गर्नुपर्ने आवश्यकता समेत औँल्याए।
वडाध्यक्ष निर्मल दियालीले नेलम्बो नेपालले विषम परिस्थितिमा गरेको सहयोगले वडाका गरिव, विपन्न मजदुरलाई थप राहात पुग्ने र उपलब्ध गराईएका स्वास्थ्य सामग्रीले यो महामरीमा खटिएका स्वास्थ्य सुरक्षाकर्मीलाई थप उर्जा प्रदान गर्ने भनाई राखे।त्यस्तै उनले नेलम्बो नेपालले विभिन्न स्थानमा गरेको सहयोग आफूले विभिन्न सञ्चार माध्यम मार्फत थाहा पाएको र आज आफूमाँझ आएर सहयोग पाउँदा गौरव भएको पनि उल्लेख गरे ।
नेलम्बोका अध्यक्ष देवकोटा, उपाध्यक्ष सरोज कोइराला, कार्यक्रम संयोजक डा. किसन कोइराला, जनसम्पर्क सुपरिवक्षेक भिमप्रसाद भण्डारी लगायतको टोलीले सामग्री प्रदान गरेको हो।वडाध्यक्ष दियालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडासदस्य अम्बिका बुढाथोकीले स्वागत साथै वडा सचिव झंकनाथ पौडेलले कार्यक्रम संचालन गरेका थिए।
यसैबीच नेलम्बोले पोखरा–११, काँहुका पहिरो पीडित संगीता परियार र प्रेम क्षेत्रीको परियारलाई पनि आइतवार सहयोग गरेको छ ।उनीहरुलाई एक/एक थान त्रिपाल र रु. एक हजार पाँच सय बराबरका खाद्य सामग्री प्रदान गरिएको हो ।वडा सदस्य जंगबहादुर हमाल ढकुरी र पत्रकार दामोदर आचार्यको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको जनाइएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१