जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीका संयोजक, समाजसेवी वसन्त चालिसेले नेपाल प्रेस युनियन कास्कीलाई ५० थान प्रेस ज्याकेट प्रदान गरेका छन् ।
नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री शुसील कोइरालाको जन्मजयन्ति पारेर उनले बुधबार उक्त ज्याकेट हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि संविधान सभा सदस्य शारदा पौडेल र संयोजक वसन्त चालिसेले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई ज्याकेट हस्तान्तरण गरेका थिए ।
पत्रकारको पहिचानका र पत्रकारलाई प्रोत्साहन गर्न ज्याकेट प्रदान गरेको चालिसेको भनाइ छ । मलाइ पत्रकारिता क्षेत्र सारै मन पर्छ, संयोजक चालिसले भने, पत्रकारले समाजका लागि निर्वाह गरेको भूमिकालाई सबैले सम्मान गर्नुपर्छ ।
प्रदान गरिएका ज्याकेटमध्ये सोही कार्यक्रममा २७ जना पत्रकारलाई वितरण गरिएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेलले लोकतन्त्र स्थापनाका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । जीपी कोइराला फाउण्डेशन गण्डकीकी संयोजकसमेत रहेकी पौडेलले पत्रकारिता क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले पत्रकार र पत्रकारिता क्षेत्रको संरक्षणमा सरकारको विशेष योजना आवश्यक रहेको औल्याए ।
नेपाली काँग्रेस क्षेत्र नं २ (क) कास्की सभापति विजयराज आचार्यले कोरोना महामारीको समयमा पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारीले महामारीको बेला समेत पत्रकारले जनतालाई सुुसुचित गर्दै कर्तव्य पूरा गरेको उल्लेख गरिन् ।
जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीका संयोजक वसन्त चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य चन्द्रावती वाग्लेले स्वागत र सदस्य शिव बास्तोलाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१