काठमाडौं । नेपालका उपभोक्ताले अब आकर्षक वनडल सेवा सहित बिनाझन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको वनडल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको छ ।
कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत गत मंगलवारदेखि सुरु गरेको हो । वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधि अन्तर्गत उपभोत्ताले विना तारको प्रयोग डेटा सेवा लिन सक्ने जनाइएको छ ।
प्लान अनुसारको आकर्षक वनडल सेवा, वनडलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा र मोबिप्लेक्स, हङ्गामा म्यूजिक, दामी म्यूजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता रहेका छन् । गत महिना देखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ् लिन सुरु गरेको थियो ।
वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले वनडल सेवा सहित नयाँ अनुभव लिन सक्छन् । प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहीत भएका छौं । यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल वनन योगदान गर्नेछ ।”
वार्षिक प्लानमा मासिक ६ सय ९० रुपैयाँ शुल्क रहेको यो सेवाअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समूहमा कुनै पनि समूहअन्तर्गतको प्लान लिन सक्छन् । गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र ६ सय ९० (कर बाहेक) शुल्कमा ६० जीबी वायरफ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्दछन् ।
त्यस्तै प्लाटिनम समूहअन्तर्गत ग्राहकले मासिक मात्र ८ सय ६० (कर बाहेक) शुल्कमा ८५ जीबी वायरफ्री प्लस डेटा, ५ सय मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् । डायमण्ड समूहअन्तर्गत ग्राहकले मासिक मात्र ९ सय ५० (कर बाहेक) शुल्कमा १ सय जीबी वायरफ्री प्लस डेटा, १ हजार मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।
वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क ५ सय वा २ हजार ५ सय वा ३ हजार ५ सय तिर्नु पर्दछ ।
४ सय २० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजहरुअन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरी नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात् जोडिने छैन ।
सुरुको चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटासम्म ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बुकिङ आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
एनपिएलसँग एनसेलको प्रायोजन सम्झौता
पुरुषोत्तम क्यान अध्यक्ष
क्यान कास्की अध्यक्षमा पुरुषोत्तम कुँवर
इन्ड्राइभ योरपेस प्रशिक्षणका विजेतालाई इ–स्कुटर
एनसेलले दियो पलेशालाई १० लाख
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१