लागुऔषध सहित युवक पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७७
charas-rep

पाेखरा, प्रहरीले ठूला परिणाममा अवैध लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा १२ बस्ने वर्ष ३१ का सुरेन्द्र थापा हुन् ।

निज थापा शनिबार साँझ ७ बजे नवलपरासी (बर्दघाट सुस्ता पूव) कावासोती १६ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ५९५९ नम्बरको स्कुटीमा सवार रहँदा प्रहरी चेकजाँचक्रममा फन्दामा परेका हुन् ।

निजको साथबाट प्रहरीले फेनरागन १५६ थान, नुफ्रिन १५६ थान र डाइजोपाम १ सय ५६ थान गरी कुल ४ सय ६८ एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width