डल्फिनद्वारा खाद्यान्न वितरण

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७७
FB_IMG_1596945728347

लायन्स क्लब अफ पोखरा डल्फिनले नेपालमा लायन्स क्लबको स्थापनाको ५० औं वर्षको अवसरमा पोखरा २० हरिहर गुफा सन्यास आश्रमका १८ जना वृद्ध सन्यासी तथा बटुकहरुलाई खाद्यान्न वितरण गरेको छ ।

कार्यक्रममा आश्रममा आवश्यक खाद्यान्न चामल, दाल, तेल, मसला, नुन, बिस्कुट, चाउचाउ तथा साबुन जस्ता सामाग्री आश्रमका श्री १०८ स्वामी तुरियानन्द गिरि र उपाध्यक्ष अर्जुनबहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो ।

कलस्टर प्रमुख ऋषि गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रिजन चेयर पर्सन तिलक तिवारीले पनि बोलेका थिए ।

क्लबका अध्यक्ष लायन कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष पदमलाल श्रेष्ठले स्वागत मतव्य राखेका थिए । क्लबका सचिव विरेन्द्र सिकेले सञ्चालन गरेको कार्यक्रमको संयोजन विष्णुबहादुर खत्रीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width