लोककवि अली मियाँको १४ औं वार्षिक पुण्यतिथिमा वृक्षरोपण गरिएको छ ।
पोखरा–१३ मियाँपाटनमा आइतबार विहान आयोजित उक्त कार्यक्रमको वडाअध्यक्ष दर्शन लामाले शुभारम्भ गरेका थिए ।
त्यस अवसरमा प्रमुख अतिथि लामाले लोकगीतको माध्यमबाट जनताका आवाज बुलन्द बनाउने कवि मियाँ सबैका स्मृतिमा रहिरहेको बताए ।
अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव पद्मराज ढकालले कवि मियाँको योगदानबारे प्रकाश पारेका थिए ।
वि.सं. १९७५ मा जन्मिएका कवि अली मियाँको ७९ वर्षको उमेरमा २०६३ साउन १८ गते निधन भएको थियो । जगदम्बा श्री पुरस्कारबाट सम्मानित कवि मियाँका लोक साहित्यका आधा दर्जन पुस्तक प्रकाशित छन् ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७