दमौली । पुरानो टिनले छाएको पाटी । अडेस लगाउन भित्ता छ । विद्यार्थी भुइँमै छन् । अगाडि कापीकिताब । तीन समूहका विद्यार्थीलाई ३ शिक्षकले पाठबारे अथ्र्याइरहेका छन् । विद्यार्थीको जिज्ञाशा मेटाउन शिक्षकले बरोबर उत्तर दिन्छन् ।
यो दृश्य हो–व्यास नगरपालिका–६, बाहबिसेमा इन्दु माविले सञ्चालन गरेको सामुदायिक कक्षाको ।
विद्यालय जानबाट वञ्चित बालबालिका लक्षित गरी तनहँुका टोल–टोलमा यसरी सामुदायिक कक्षा यसरी चलिरहेको हो ।
कोरोना भाइरस संक्रमण प्रभावले ४ महिनासम्मको लकडाउन त खुल्यो तर विद्यालय खुलेनन् । तसर्थ विद्यार्थीलाई सिकाइ क्रियाकलापसँग जोड्न समुदायस्तरमा कक्षा सञ्चालन गरिएको हो । यहाँ दिउँसो १ देखि ४ सम्म हरेक दिन यसप्रकारको कक्षा सञ्चालन हुन्छ । जसले गर्दा बालबालिकाहरुले सजिलैसँग पढ्न पाएका छन्।
नीशा नेपालीले स्कूल ड्रेस लगाउन नपाएको ३ महिना नाघिसक्यो। उनलाई ड्रेससँग औधी प्रेम छ । अचेल समुदायस्तरमै संचालन हुने कक्षामा उनले विद्यालयकै ड्रेस लगाएर पढ्न जाने गरेकी छिन्। ‘ड्रेस लगाउने रहर लागेर लगाएकी हुँ’, कक्षा ३ की नीशाले भनिन्, ‘स्कूल कहिले जान पाइन्छ, कहिले राम्रोसँग पढ्न पाइन्छ ?’
उता, केशव श्रेष्ठ कक्षा १० का विद्यार्थी हुन् । गाउँकै एउटा टोलमा ठाँटी छ । तर चारैतिरबाट खुला ठाउँमा केशवसँगै अन्य विद्यार्थीले पनि पढ्न थालेका छन्।
‘लकडाउनले स्कूल जान पाइएन । घरमा रहँदा त्यत्तिकै अनलाइन कक्षा लिइन्थ्यो। जसरी स्कूलमा गएर पढिन्थ्यो, त्यसरी घरमा पढेर हुने रहेनछ,’ उनले भने, ‘यहाँ पनि सरहरुले राम्रो पढाउनुहुन्छ । हामीहरु पनि राम्रोसँग पढिरहेका छौं।’
त्यस्तै, पश्चिम कैलालीकी लक्ष्मी सुवेदी लकडाउनअघि आफ्नो मामाघर आइन् । तर फर्किन पाइनन् । उनी पनि अहिले अन्य जसरी नै समूहमा मिलेर पढ्न सुरु गरेकी छिन् । यसरी पढ्दा निकै रमाइलो लागेको उनले अनुभव सुनाइन् ।
‘स्कूलमा पढ्दा आफूले नजानेको कुरा उतिखेरै सोध्न मिल्छ नि’ अनलाइन कक्षा तथा टेलिभिजनबाट हुने पढाइले सिकाइ क्रियाकलाप प्रभावकारी नहुने उनले तर्क छ ।
‘टिभीमा पढ्दा केही प्रश्न सोध्नु प¥यो भने टिपेर राख्नुपर्छ । त्यतिबेला सोध्न पाइँदैन’, उनले भनिन्, ‘स्कूल जान पाउनु सबैभन्दा ठूलो कुरा हो । स्कूलमा रमाउँदै पढ्ने, साथीहरुसँग कुरा गर्ने, आपसमा पढेको धेरै बुझिँदोरहेछ। घरमा एक्लै बसेर पढेकोभन्दा स्कूलमा साथीहरुसँग छलफल गरेर पढेको धेरै बुझिन्छ ।’
विद्यार्थीको सिकाइमा सहजीकरण गर्न समुदायमा कक्षा सञ्चालन गरिएको इन्दु माविका प्रधानाध्यापक रामकाजी श्रेष्ठले बताए । उनका अनुसार उनले विद्यालयलेमात्रै समुदायस्तरमा ९ स्थानमा कक्षा चलाइरहेको छ। ‘जिल्ला शिक्षा समन्वय इकाइले सामुदायिक विद्यालयका प्रअलाई जुम मिटिङ एउटा बैठक गर्यो। अब त केही गर्नुपर्ने भयो भन्नेबारे छलफल भयो र त्यसपछि यो उपाय निस्किएको हो’, उनले सुनाए ।
‘बच्चाहरु बिग्रिए, मोवाइलमात्रै खेलाउँछन्, घुम्नमात्रै जान्छन्, यसलाई व्यवस्थापन गर्नु पर्यो’ भनी अभिभावकबाट गुनासो आइरहेपछि समुदायमै गएर सिकाइ क्रियाकलापसँग जोड्न पठनपाठन थालिएको बताइएको छ । लकडाउनले अवरुद्ध पठनपाठन अघि बढाउन कोभिड–१९ विरुद्ध स्वास्थ्य सतर्कता अपनाउँदै कक्षाहरु चलाइएको छ । समुदायस्तरमा सञ्चालित यस्ता कक्षाले विद्यार्थीमा सकारात्मक प्रभाव पारेको छ नै विद्यार्थीसँगै अभिभावक पनि खुसी छन् ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१