रासस कार्यालय निरीक्षण

आदर्श समाज संवाददाता
श्रावण १०, २०७७
rss

नेपाल सरकारका सचिव हरिप्रसाद बस्यालले राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षण गरेका छन् । पोखरा नयाँबजारस्थित कार्यालयको भौतिक अवस्थिति एवम् सेवा प्रवाह लगायतका बारेमा उनले जानकारीसमेत लिए ।

बस्यालले कार्यालय भवन अन्यन्त जीर्ण अवस्थामा देखिएको र दैनिक कार्य सञ्चालनका लागि पनि बैकल्पिक व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए ।

कार्यालय भवन निर्माणका लागि आफ्नो तर्फबाट तत्कालै पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै भने,“जीर्ण रहेको कार्यालय भवन तत्कालै पुनःनिर्माणका लागि मेरो तर्फबाट पहल रहने छ ।”

रासस समाचारदाता हरि बास्तोलाले प्रदेश कार्यालयबाट भई रहेका सेवा प्रवाह, जनशक्ति, सञ्चार सामग्री लगायतका बारेमा सचिव बस्याललाई जानकारी गराए ।

शहरी विकास तथा भवन कार्यालय कास्कीको प्राविधिक रिपोर्टबाट समेत कार्यालय भवन जीर्ण पाइएको र कार्य सञ्चालनमा समते जोखिम देखिएकाले तत्काल भत्काउनु पर्ने व्यहोरा बारे समेत सचिव बस्याललाई अवगत गराइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width