पशुपालन अभिमुखीकरण तालिम

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७७
pasu

लेखनाथ, ९ साउन । पोखरा ३२ मा कृषि तथा पशुपालनसम्बन्धी अभिमुखीकरण तालिम विहीवार सम्पन्न भएको छ।

बाटिका बचत तथा ऋण सहकारी संस्थाका करिब ८० जना शेयर सदस्यहरुका लागि संचालित कृषि, पशुपालन तथा व्यवस्थापनबारे तालिम दिइएको हो ।

नगरपालिका भित्रका कृषकहरुलाई व्यावसायिक बनाउने तथा कृषिबाली, पशुहरुमा देखिएका विभिन्न रोगबारे जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष धर्मबहादुर बस्नेतले बताए।

नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर र इनोमेसन आयोजना तथा पोखरा महानगरपालिकाको कृषि तथा पशुपालन प्रवद्र्धन गर्न प्रशिक्षक डा. लक्ष्मणबहादुर ढकालले यस संस्था मार्फत तालिम संचालन गरिएको बताए ।

तालिममा सहकारीमा आवद्ध ८० जना कृषकहरुको सहभागिता थियो। सहभागीले कृषि बाली संरक्षण, जंगली जनावर नियन्त्रण, किटनाषक विषादी प्रयोग तथा पशुमा लाग्ने रोगसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। तालिम निकै प्रभावकारी भएको भन्दै सहभागीले महानगरले कृषि र पशुपालनसम्बन्धी दिगो तथा ठोस कार्यक्रम ल्याउनु पर्ने बताए।

संस्थाका सल्लाहकार पितृराज पण्डितले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा धन्यवाद निवर्तमान अध्यक्ष हरिप्रसाद धमला र संचालन सहसचिव अर्जुनराज पगेनीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • व्यापार मेलामा अनेक सुविधा

    आदर्श समाज सम्वाददाता माघ १४, २०८१
    पोखरा । पोखरा ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटी संकलन गर्छन् र…
  • गाईभैंसीपालक कृषकलाई तालिम

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लि.को आयोजनामा पोखरा–२३ माझथुममा गाईभैंसीपालन तथा आहारा व्यवस्थापन तालिम सम्पन्न भएको छ । एसके एग्रिकल्चर…
  • मौरीपालन तालिम

    आदर्श समाज सम्वाददाता पौष २३, २०८१
    पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालय आयोजनामा मौरीपालन तालिम सुरु भएको छ ।…
  • सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता पौष ७, २०८१
    स्याङ्जा । वालिङ तथा गल्याङ नगरपालिकाको समन्वय, आइडिई नेपालको सशक्तीकरण र पोषण–सूक्ष्म खाद्य सुरक्षाको लागि नबिन ग्रामीण बजार विकास तथा…
  • ‘किसानका समस्यामा अनुसन्धान गरौं’

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । किसानको खेतबारी तथा गोठमा रहेका समस्याकेन्द्रित गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रवद्र्धन परियोजनाको…

hero news full width