धनकुटाद्वारा घरभाडा छुट गर्ने घरधनीलाई सम्मान

एजेन्सी
श्रावण ३, २०७७
Dhankuta

लकडाउनका कारण व्यापर व्यावसाय बन्द हुँदा ठूलो मारमा परेका व्यापारी तथा व्यावसायीलाई घरभाडा छुट गरी सहयोग गरेका धनकुटा बजारका ८६ धनीहरुलाई धनकुटा उद्योग वाणिज्य संघले विशेष सम्मान गरेको छ ।

संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य अम्विका धमला, सुनिता थापा, व्यापारी लक्ष्मी श्रेष्ठले धनकुटा बजारका समाजसेवी देववहादुर लिम्बु (लाहुरे दाइ), गौरीमान श्रेष्ठ, धनकुटा मदनचोकका कृष्णबहादुर श्रेष्ठलगायतलाई विशेष सम्मान गरेका हुन् ।

यसरी सम्मानित हुनेमा धनकुटा नगरपालिका–७ संगम टोलका समाजसेवी दिपेश राई (कान्छा), जितबहादुर राई, शान्त राई, कृष्णबहादुर बोगटी, सुष्मा बोगटी, विमल श्रेष्ठ, सुरेन्द्र आठपहरीया, मनु आठपहरिया, देवबहादुर लिम्बु, धनकुटा जिरोप्याइन्टका गौरीमान श्रेष्ठलगायतका घर धनी रहेका छन् ।

यस अघि संघका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठ, गीता श्रेष्ठ, स्वर्गीय कृष्णराज शाक्यका श्रीमती रुकमणी शाक्य, छोरा दीपक शाक्य, छोरी सावित्री शाक्य, समाजसेवी पूर्णप्रसाद गुरागाई, सावित्री देवी श्रेष्ठ, रोशनाव आमात्य, धनकुटा–७ का निर्वाचित वडा सदस्य सन्देश आठपहरीया, पुस्तकमाया राई, धनकुटा–७, हुलाकटोलका समाजसेवी रोशन श्रेष्ठ, अनिता श्रेष्ठ, समिर खान, हर्क राई, बिना राई, कलमबहादुर श्रेष्ठ, नारायणी श्रेष्ठ, विश्वेश्वर जोशी, सुनिता जोशी, प्रमिला जोशी, ईश्वर कुमार डंगोल, निर्मला श्रेष्ठ डंगोल, प्रकाश श्रेष्ठ, शोभा श्रेष्ठ, इन्द्रकुमारी उदास, नगेन्द्र श्रेष्ठ, मनु श्रेष्ठलाई सम्मान गरेको छ ।

यस्तैगरी धनकुटा–७ संगम टोलका समाजसेवीहरु बद्री पौडेल, विक्रम पौडेल, रामकुमारी गुरागाई, खगेन्द्र तिम्सिना, राधा तिम्सिना, रेवत दाहाल, सीता दाहाल, रेवत श्रेष्ठ, मुन्नी श्रेष्ठ, शैलेस श्रेष्ठ, रुना प्रधान, ज्ञानबहादर कटुवाल, सीता कटुवाल, शान्त मिश्र, विष्णु मिश्र, धनकुटा ७ हुलाकटोलका प्रकाश श्रेष्ठ, हरीकुमार श्रेष्ठ, यगिन श्रेष्ठ, सुष्मा श्रेष्ठलाई सम्मान गरिएको थियो ।

संघका अध्यक्ष विजय सन्तोषी राईले घरभाडा छुट गरी दुःखमा परेका व्यावसायीलाई सहयोग गरेकामा धन्यवाद दिँदै घरभाडा छुट गर्न बाँकी रहेका धनकुटा जिल्लाका सबै घरधनीलार्ई घरभाडा छुट गरी उद्योगी, व्यापारी तथा व्यावसायीलाई आपतमा सहयोग गरी गुन लगाउन हुन आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width