किशोरीलाई गाडीमा हालेर लेकसाइडको होटलमा लगी बलात्कार गरेको अभियोगमा ४ पक्राउ

आदर्श समाज सम्वाददाता
असार ३१, २०७७
baran_gang_rape_2018311_83714_11_03_2018_Fotor

पोखरामा एक किशोरी बलात्कार अभियोगमा ४ जना पक्राउ परेका छन् । असार ३० गते बिहान जबर्जस्ती ट्याक्सी चढाएर लेकसाइडको एक होटलमा लगी बलात्कार गरेको उजुरी आधारमा ती युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा १० घर भइ हाल वडा ३ बस्ने २४ वर्षे कपिल गुरुङ, अन्नपूर्ण ३ कै वर्ष २२ का योगेश थकाली, माछापुच्छे« गाउँपालिका वडा ७ घर भइ हाल अन्नपूर्ण ३ काँडे बस्ने वर्ष १९ को पुकार गुरुङ र अन्नपूर्ण वडा ३, काँडे बस्ने वर्ष १८ को सुशल गुरुङ छन् ।

उनीहरुलाई अपहरण र शरीर बन्धक र करणीसम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष हमालले जानकारी दिए ।

पोखरा वडा २, सहारा अस्पताल नजिकबाट मंगलबार बिहान करिब साढे ६ बजेको समयमा ग१च ७७४५ नम्बरको कारमा आएका उनीहरुले ती किशोरीलाई जबर्जस्ती गाडीमा हालेर लेकसाइडको एक होटलमा लगी बलात्कार गरेकोमा उनीहरुलाई बिहान पौने १२ बजे पोखरा १८, लामागाउँबाट गाडीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनायो ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…

hero news full width