बागलुङ, २७ असार । कोरोना भाइरस (कोभिड–१९) ले देश बन्दाबन्दी भएको समयमा बागलुङको एक सहकारी संस्थाले आफ्नो शेयर सदस्यलाई बैंक तथा वित्तीय संस्थाले दिने सुविधा प्रदान गर्न शुरूवात गरेको छ ।
जिल्लामा सबैभन्दा बढी शेयर सदस्य भएको सिवाइसी सहकारी संस्थाले युवा पुस्तालाई सहकारी संस्थामा आकर्षित गर्ने उद्देश्यले साविक धौलागिरि अञ्चलमै पहिले एटीएम सेवा संचालन गरेको छ । एटिएम काउन्टरको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले सो सेवा उद्घाटन गरेका थिए ।
वित्तीयसँगै प्रविधिको विकासमा सहकारीले मारेको फड्को प्रशंसायोग्य रहेको भन्दै ढुंगानाले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
सहकारीका सदस्यलाई आर्थिक भुक्तानी सहज गराउने उद्देश्यले एटीएम सेवा सञ्चालन गर्नु सुखद पक्ष रहेको भन्दै सिवाईसीले ल्याएको सदस्यमैत्री सेवा अन्य सहकारीले सिको गर्नुपर्ने बताए ।
कोरोना महाकारी बेला सहकारी संस्थाले शेयर सदस्यलाई सहकारी मार्फत हँुदै आएको आर्थिक काम कारोबार गर्न अझै सहज होस भनेर एटीएम सेवा शुरू गरेको सिवाइसी सहकारी संस्था लिमिटेडका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हूमाकुमारी जिसीले सहकारी शेयर सदस्यको भावना अनुसार अगाडि बढ्न सक्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी ,जिल्ला सहकारी संघ का अध्यक्ष दीपक गौतमले बोेलेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१