म्याग्दी ,२६ असार । गएरातिदेखी परेको अविरल वर्षाका कारण म्याग्दीमा विभिन्न ठाउँमा गएको पहिरोमा परेर ३० जना बेपत्ता तथा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । जिल्लाको धवलागिरि गाउँपालिका–६ र मालिका गाउँपालिका–७ मा खसेको पहिरोमा ३० जना सम्पर्क विहीन छन् ।
धवलागिरि गाउँपालिकाको वडा नं ६ को मराङका २१ जना ,मालिका गाउँपालिकाको वडा नं.७ बिममा ९ जना बेपत्ता भएका छन् । वडा अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङ्गका रिखमा दुई घरका ७ जना ,राम्चेमा दुई घरका १० जना ,कल्लेनीमा दुई घरका ३ जना र ठूलो गाउँमा एक जना बेपत्ता भएका छन् ।
निरन्तर परेको अविरल वर्षा ठाउँ–ठाउँमा पहिरोले बाटो अवरुद्ध भएको र तुवालोका कारण क्षतिको विवरण संकलनमा कठिनाई भएको वडा अध्यक्ष सुवेदीले जानकारी दिए । कुम्रीमा वडा कार्यालयको भवन सहित छ घर पहिरोले बगाएको वडा अध्यक्ष सुवेदीले जानकारी दिए । कुम्रीमा भने मानवीय क्षति हुन नसकेको उनको भनाई छ ।
मालिका –७ बिमका दुले, नौरुङ्ग, तल्लोगाउँ र मालिका थानका गरी विष्णु शर्मा,इच्छा शर्मा ,एलिसा केसी ,गौदेवी नेपाली ,विशेष नेपाली ,बीरबहादुर नेपाली ,बिष्णु नेपाली ,सन्देश नेपाली तथा एक तीन महिने बालिका समेत बेपत्ता भएका वडा अध्यक्ष सुविन जुग्जालीले जानकारी दिए । यसैगरी मालिका गाउँपालिका–६,दुखु खोलाले बगाउँदा एक महिला बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिए ।
प्रहरी र नेपाली सेनाको टोली घटनास्थल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरले बताए । ठाउँ–ठाउँमा पहिरो खसेर बाटो छेकेका कारण उद्दारमा जानसमेत अवरुद्ध भएको उनले जानकारी दिए । उनका अनुसार दरबाङ र सिमचौर भन्ने ठाउँमा एउटा टोली रोकिएको छ ।
बागलुङबाट बिपत् ब्यवस्थापन टोली, सशत्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेका छन् तर पहिरो छिचोल्न समस्या परेको छ । गाडी जान सक्ने अवस्था छैन । पहिरोको बीचमा फसेका अरू सिंगा तातोपानीबाट २ जनालाई उद्दार गरिएको उनले जानकारी दिए । म्याग्दीको धवलागिरि गाउँपालिका–६मराङ्गको कुम्रीमा गएको पहिरो ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१