अनलाईन कराते कातामा नेपाल तेश्रो स्थानमा

आदर्श समाज सम्वाददाता
असार २२, २०७७
Nepal Team

काठमाण्डौ, २२ असार । आईएसकेयु ईन्टरनेशनल अनलाईन कराते काता च्याम्पियनसिप २०२० मा नेपाल तेश्रो स्थानमा खुम्चेको छ । नेपाल ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित तेश्रो स्थानमा खुम्चिएको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए ।

११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ ईरान दोश्रो भयो । ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप १ स्वर्ण, २ रजत र १ कास्य जोड्न सफल भयो ।

अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ती गुरुङ्ग जीमीले नेपालका लागि थप एक स्वर्ण जोडिन् । यस्तै सिनियर क्याटेगोरीमा पुरुष तर्फ नेपालका लागि सोनिम मानन्धरले र महिला तर्फ निता आचार्यले रजत जोडे । यसैगरी सिनियर पुरुष तर्फ बब्लु रैनले कास्य जिते ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै