पोखरा, २२ असार । पोखरा महानगरपालिका–९ मा रहेका बालबालिकाको अवस्था समेटिएको पुस्तक बालबालिका स्थितिपत्र बिमोचन गरिएको छ ।
बालमैत्री स्थानीय शासन वडा समन्वय समिति वडा नम्बर ९ ले प्रकाशन गरेको पुस्तकको पोखरा महानगरपालिका प्रमुख मानबहाुदर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले सोमबार बिमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले प्रत्येक अभिभावकले आफ्नो घरमा बालमैत्री वातावरण बनाउनु पर्ने बताए ।उनले अभिभावकको आनीबानी, आचारणलाई बालबालिकाले पछ्याउने हुँदा बालबालिकासँग राम्रो व्यवहार गर्नुपर्ने बताए ।
अभिभावकको गलतक्रियाकलपाले कतिपय बालबालिका सडकमा आउन बाध्य भएको घटना समाजमा हुने गरेकाले बालबालिका बालमैत्री वातावरण बनाउनु अभिभावकको दायित्व र जिम्मेवारी भएको बताए । कार्यक्रममा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिका राष्ट्रको भविश्य भएको बताइन् । उनले बालबालिकालाई सही तरिकाले लगानी गरे मात्र त्यसको प्रतिफल राम्रो आउने बताइन् ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले बालबालिकाको स्थितिपत्रले बालबालिका सम्बन्धी नीति, योजना बनाउन सहयोग पुग्ने बताए । पुस्तकमा बालबालिका सम्बन्धी विभिन्न ४३ वटा सूचकांकलाई समावेश गरेर पुस्तक प्रकाशन गरिएको सम्पादक भावना श्रेष्ठले बताइन् । वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राममाया मानन्धर, वडा सचिव लोकदर्शन रेग्मी, वडा नम्बर ९ बाल क्लबका सचिव सुशन श्रेष्ठले बालबालिकाको बारेमा बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१