पोखरा २०, असार । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश समितिले पोखरामा शनिबार कोरोना सचेतना, क्यालेण्डर विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो।
कार्यक्रममा मिस कल्चर नेपाल–२०२० का विजेता प्रतीक्षा बास्तोलालाई सम्मान गरिएको थियो।
गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले उनलाई सम्मानपत्र प्रदान गरेका थिए।
प्रमुख अतिथि थापाले आफू उद्योग व्यवसायीको साथ सधैँ रहेको उल्लेख गर्दै समस्याहरु हटाउन पहल गर्दै आएको बताए।
अहिलेको अवस्थामा व्यवसायीहरुको हितमा सरकारले ठोस राहत दिन नसकेको चर्चा गर्दै बैंक व्याज ५ प्रतिशत घटाउनु पर्नेमा जोड दिए।
महासंघका केन्द्रीय सदस्य जीवन गोर्खालीले केन्द्रका गतिविधिबारे जानकारी दिँदै कोभिड–१९ बारे सचेतना पुस्तिका प्रकाशन लगायत कार्य गरेको बताए।
प्रदेश समिति सल्लाहकार कृष्णराज ढुङ्गानाले व्यवसायहरु सञ्चालनमा ल्याउन सबैको सहयोग आवश्यक रहेको बताए।
सम्मानित प्रतीक्षा बास्तोलाले गरिबीको चपेटामा परेका तथा अन्याय परेकाहरुलाई सेवा पुर्याउने आफ्नो लक्ष्य रहेको बताइन्।
कार्यक्रममा संयोजक विष्णुबहादुर अधिकारी, सदस्य कोपिला श्रेष्ठ, मुद्रण संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले मन्तव्य राखेका थिए।
नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र बजिमयको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले धन्यवाद ज्ञापन गरेका थिए।
महासचिव वसन्त बास्तोलाले कार्यक्रम सञ्चालन तथा सदस्य मनोहर दाहालले स्वागत मन्तव्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१