फिल्म ‘क्या बात छ’ को शीर्षगीत सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार १९, २०७७
kya baat chha

पोखरा, १९ असार । निर्देशक मन्दिप रानाको तेस्रो फिल्म ‘क्या बात छ’ को शीर्षगीत सार्वजनिक भएको छ।

विजय कुमार र रजनी ऋदम राईको स्वर रहेको सो गीतमा संगीत देशभक्तसिंह कुँवरले दिएका छन् ।

नवीन घतानेको शब्द रहेको गीतमा चर्चित लोकगायिका तुलसा क्षत्री र नवीन घतानेको फिचरिङ छ ।

श्यामशुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्मित सो फिल्ममा कोरियोग्राफी र निर्देशन मन्दिप रानाको छ।

मेकअप मोहन लामा, छायांकन राहुल राइ र सम्पादन नेत्र गुरुङ र अशोक आलेको रहेको छ।

चलचित्रका अन्य कलाकारमा देशभक्तसिंह कुँवर, विजय कुमार, अविराज बिसी, अर्जुन गिरि, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार लगायत छन् ।

भिडियो श्यामशुक्ला इन्टरटेनमेन्टको युटूब च्यानलबाट सार्वजनिक भएको हो ।

युवालक्षित सो फिल्मको रिलिज डेट पछि तोकिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २४ औं वार्षिकोत्सव तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका सभाक सदस्य…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • सम जयन्तीमा रंगकर्मीको सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२…
  • पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन

    आदर्श समाज सम्वाददाता माघ १९, २०८१
    पोखरा । तरेली सांस्कृतिक परिवार आयोजनामा गण्डकीको पहिचानरुपमा रहेका लोपोन्मुख नृत्य प्रदर्शन सुरु भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा…

hero news full width