पोखरा । इङ्लिस प्रिमियर लिगमा चेल्सीले शीर्ष तेस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ ।
बिहीबार राति भएको वेष्टह्यामसँग ३–२ गोलले पराजित बनेपछि उसले प्रिमियर लिगको शीर्ष स्थान पुग्ने अवसर गुमाएको हो ।
त्यो भन्दा अगाडी लेस्टर सिटी एभर्टनसँग २–१ ले पराजित बनेको थियो । तर, त्यसका फाइदा चेल्सीले उठाउन सकेन । हारपछि तेस्रो स्थानको लेस्टरको ३२ खेलमा ५५ अंक रहेको छ । चेल्सीको ५४ अंक छ ।
लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले सुरुवाती गोलको अग्रता जोगाउन सकेन । खेलको ४२ औं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । उसका लागि विलियमले पेनाल्टीबाट गोल गरेका थिए । तर त्यो अग्रता धरैबेर टिक्न सकेन । खेलको पहिलो हाफको इन्जुरी समयमा वेष्टह्यामका सोसेकले गोल गर्दै खेल बराबरीमा पु¥याए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा वेष्टह्यामले २ गोल थप्दा चेल्सीको नाममा १ गोलमात्र दर्ता रह्यो । खेलको ५१ औं मिनेटमा एन्टोनीयोले गोल गर्दै वेष्टह्यामको अन्तर २–१ रह्यो ।
खेलको ७२ औं मिनेटमा विलियमले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–२ को अवस्थामा पु¥याए । तर, ८९ औं मिनेटमा एन्टोनीयोको पासमा एन्ड्री यारमेलेङले उत्कृष्ट गोल गरेपछि चेल्सीले वेष्टह्यामलाई खेल सुम्प्यो ।
३५ औं मिनेटमा वेष्टह्यामले गोल गरेको थियो । तर, त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रिले गोलको मान्यता दिएनन् ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१