मंगलबार थपिए ३१६ संक्रमित, संक्रमणबाट २९ जनाको मृत्यु

एजेन्सी
असार १६, २०७७

काठमाण्डौ, १६ असार । नेपालमा मंगलबार कोरोनाका ३ सय १६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विगत २४ घण्टामा ३ सय १६ संक्रमित थपिएको जानकारी दिए। यो संख्या थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।
त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ५१ पुरुष र ९ महिला छन् । यीसहित हालसम्म कुल ३ हजार १ सय ९४ जना कोरोनाबाट मुक्त भएका छन्।

२९ जनाले कोरोना संक्रमण भई ज्यान गुमाएका छन् । विगत २४ घण्टामा मुलुकभर ४ हजार ७ सय ११ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म कुल २ लाख २८ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width