बैठकको एजेण्डा बन्यो प्रधानमन्त्री हटाउने भारतीय प्रयासकाे बिषय

एजेन्सी
असार १६, २०७७
CKK_KTM_3528(1)

काठमाण्डौ, १६ असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बालुवाटारमा जारी स्थायी समिति बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले धारणा राखेका छन्।

बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार तीनै जनाले पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउन भारतले प्रयास गरिरहेको भन्दै दिएको अभिव्यक्तिबारे गम्भीर विषयमा छलफल हुनु पर्ने बताएका छन्।‘प्रधानमन्त्रीले भनेको कुरा चानचुने होइन, यसमा गम्भीर रूपमा छलफल हुनुपर्छ। प्रधानमन्त्रीले जानकारी दिनुपर्छ भन्नुभयो,’ ती स्थायी समिति सदस्यले भने,‘बैठक तपाईंहरूले बाहिर सोचेभन्दा निकै गम्भीर तरिकाले अघि बढिरहेको छ।’आजको बैठकमा प्रधानमन्त्री ओली सुरूदेखि नै सहभागी थिए।

गत आइतबार बालुवाटारमै भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए। राष्ट्रियताका पक्षमा उभिएकै कारण आफूलाई हटाउन नयाँदिल्ली र काठमाडौंका होटलहरूमा गतिविधि भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले यस्तो कुराको पछि पार्टीका सांसदहरू नलाग्ने विश्वास पनि व्यक्त गरेका थिए।प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि नेकपाभित्र तरंग आएको थियो। नेताहरूले प्रधानमन्त्रीको राजीनामाको विषयलाई प्रधानमन्त्री आफैंले स्थायी समिति बैठकको एजेन्डा बनाएको बताएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width