तनहुँका पत्रकार रानालाई कौरा पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
असार १६, २०७७
rana

पोखरा, १५ असार । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ, कास्कीद्वारा सञ्चालित “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७” तनहुँका पत्रकार प्रताप रानामगरलाई प्रदान गरिने भएको छ ।

नेपाल मगर पत्रकार संघ, कास्की शाखाको सोमबार सम्पन्न बैठकले पत्रकार रानामगरलाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष रूद्रबहादुर हितानमगरले जानकारी दिए । यसअघि, संघका केन्द्रीय का.वा. अध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठित पुरस्कार प्रतिभा छनौट समितिले पत्रकार रानामगरलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो । आगामी साउन १ गते प्रदान गरिने सो पुरस्कारको राशि १० हजार रुपैयाँ नगद र ताम्रपत्र रहेको छ । पुरस्कृत हुन लागेका पत्रकार रानामगर कान्तिपुर टेलिभिजनमा आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width

Recent Posts

भर्खरै