दलित पत्रकारको कोरोना बीमामा काँग्रेस कास्कीको सहयोग

आदर्श समाज सम्वाददाता
असार १४, २०७७
20200627133245_IMG_8545

पोखरा, १३ असार । नेपाली काँग्रेस कास्कीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अग्रपंक्तिमा रहेर नागरिकलाई सुसूचित गरेको भन्दै दलित पत्रकार संघ कास्कीका सदस्यको कोरोना बीमामा सहयोग गरेको छ ।

पत्रकारको स्वास्थ्यको ख्याल गर्दै पार्टीको तर्फबाट पत्रकार कोरोना बीमा गरिएको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

‘राज्यको चौथो अंगको रुपमा समेत रहेर विपद्को समयमा अग्र भागमा रहेर आम नगरिकको स्वास्थ्यको लागि आफ्नो जीवन समर्पित गर्ने पत्रकारबिना लोकतन्त्रको मूल्य रहँदैन, त्यसैले हामीले सहयोग गरेका हौँ’ सभापति केसीले भने ।
त्यस्तै, अग्रपंक्तिमा रहेर लडिरहेका डाक्टर, प्रहरीको कार्यप्रति प्रशंसा गर्दै केसीले धन्यवाद दिए ।

राष्ट्रिय दलित पत्रकार महासंघ गण्डकी अध्यक्ष रेम विकले पत्रकारको स्वास्थ्यप्रति गम्भीरता देखाउँदै बीमा गर्नु सह्रानीय कार्य भएको बताए ।

उनले कोरोनासँग लड्दै समाजमा सत्य तथ्य र निष्पक्षरुपमा सूचना प्रवाह गर्न खटिने दलित पत्रकारको बीमाले थप हौसला मिलेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै