भरुवा बन्दुक सहित दलबहादुर पक्राउ

आदर्श समाज सम्वाददाता
असार १३, २०७७
kkkkkkkkkkkkkkkkkkkkk

बागलुङ, १३ असार । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-७ माजखर्क निवासी दलबहादुर बुढालाई भरुवा बन्दुक सहित शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार बुढाको साथबाट एक नाले भरुवा बन्दुक ४० ग्राम बारुद र गोली बनाउन प्रगोग हुने १२ थान सीसा समेत बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुढालाई घरबाटै पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width