प्रहरीद्धारा ठूलो मात्रामा लागुऔषध बरामद

आदर्श समाज सम्वाददाता
असार १२, २०७७
charas-rep

पोखरा, १२ असार । बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित नौ जनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले बुर्तिवाङ बजारमा रहेको मिना खाजा घरबाट १९० ग्राम चरेस, नौ केजी गाँजा सहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पक्राउ पर्नेमा म्याग्दी धौलागिरि गाउँपालिका–२ भई बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा मिना होटल संचालन गर्ने ४५ वर्षीय धनबहादुर भण्डारी, उनकी पत्नी ४० वर्षीया मिना थापा भण्डारी, लागु औषध सेवन कर्ता ढोरपाटन नगरपालिका–१ निवासी २० वर्षीय बिपिन रसाइली, सोही स्थान निवासी १७ वर्षीय मनोज बिक, २७ वर्षीय चित्रबहादुर पुन, २५ वर्षीय दिलबहादुर बुढा, १९ वर्षीय जुनबहादुर बिक भन्ने अर्जुन शिर्पाली, बडिगार्ड गाउँपालिका–४ का २० वर्षीय गिरे बिक र गलकोट नगरपालिका–२ निवासी २० वर्षीय रामबहादुर सुनार रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width