गाँजा बनाउने कच्चा पदार्थ सहित वडा अध्यक्ष पक्राउ

राजेशचन्द्र राजभण्डारी
असार १२, २०७७
charas-rep

बागलुङ, १२ असार । बागलुङ जिल्लाका एक जना वडा अध्यक्ष गाजा बनाउने १ क्वीन्टल कच्चापदार्थ सहति पक्राउ परेका छन् ।

जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्तीलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो । घर्तीको घर खान्तलासी गर्दा ८६ किलो गाजा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सहित नियन्त्रयामा लिईएको जिल्ला प्रहरी कार्यलयबागलुङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले बताए ।

विहीबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका घर्ती नेपाली काग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन ।
उनलाई जिल्ला ल्याउने तयारी भएको सूचना अधिकारी रेग्मीले वताए । बागलुङ जिल्लाका पश्चिीम क्षेत्र गाजा उत्पादन गर्ने पकेट क्षेत्रको रुपमा परिचित रहेको छ । हालसम्म प्रहरीले गाजा तथा चरेश वोक्ने भरिया पक्राउ गर्ने गरेको भएपनि मुख्य मालिकसम्म भने पुग्न सकेको थिएन् ।

Related News

सम्बन्धित समाचार

hero news full width