पछिल्लो २४ घण्टामा ४३४ जनामा संक्रमण, २६ को मृत्यु

एजेन्सी
असार ११, २०७७

पोखरा, ११ असार । नेपालमा पछिल्लाे २४ घण्टामा थप ४३४ जनामा कोरोना पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ४३४ जनामा कोरोना पोजिटिभ देखिएको बताए । योसँगै नेपालमा ११ हजार १६२ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेमा १९ महिला र २९३ जना रहेका छन्। योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या २ हजार ६५० पुगेको छ। जसमा २१६ महिला र २ हजार ४३४ पुरुष रहेका छन् । कोरोना संक्रमणबाट योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width