पाटन अस्पतालमा पनि कोरोना संक्रमितको मृत्यु

एजेन्सी
असार ११, २०७७
Patan-Academy-of-Health-Sciences-

पोखरा, ११ असार । ललितपुरको पाटन अस्पतालमा उपचाररत् कोरोना संक्रमित अर्का एक व्यक्तिको बिहीबार मृत्यु भएको छ।

चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
ललितपुरमा मृत्यु हुने यी दोस्रो कोरोना संक्रमित व्यक्ति हुन्। यसअघि ललिलपुरकै बुंगमतीका ५७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।

पाँच महिनादेखि मृगौला रोगको उपचार गराइरहेका उनमा असार ५ गते संक्रमण पुुष्टि भएपछि पाटन अस्पताल ल्याइएको थियो।उनको मृत्यु भएपछि शव व्यवस्थापन गर्न नेपाली सेनाको टोली पाटन अस्पताल पुगिसकेको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या २६ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width