पोखरा, ६ असार । गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले हिमाली क्षेत्रमा आर्थिक वर्ष कार्तिक मसान्तलाई बनाईनुपर्ने वताएका छन ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेट माथिको छलफल कार्यक्रममा वोल्दै हिमाली जिल्ला मुस्ताङ बाट प्रतिनिधित्व गर्ने सांसद विष्टले हिमाली क्षेत्रमा आर्थिक वर्षको सुरु र अन्त्य असार मसान्तमा नभै कार्तिक मसान्तमा हुनुपर्नेमा जोड दिएका हुन ।
सदनमा वोल्दै विष्टले हिमाली जिल्लामा हिउदको कार्तिक देखि फागुनको चार महिनामा भारी हिमपात हुने भएकोले विकास निर्माणको कामसँगै दैनिक जीवनयापन समेत ठप्प हुने बताए । हिउँदमा भारी हिमपातका कारण जनजीवन ठप्प हुने र असार महिनामा बल्ल कामहरु भईरहने भयकाले असार मसान्तमा काम पूरा हुन नसक्ने उल्लेख गरे । सांसद् विष्टले असारमा नभई कार्तिकमा मात्रै आर्थिक वर्षको काम सकिने वताउदै आर्थिक वर्ष कार्तिकमा हुनुपर्नेमा जोड दिएका हुन ।
आर्थिक वर्षको अन्त्य हुनै लाग्दा हिमाली क्षेत्रका अधिकांस विकासका कामहरु जारी रहेको र उक्त काम कार्तिक मसान्त सम्ममा सकिने भएकोले सरकारले आर्थिक वर्षको समय हेरफेर गर्नुपर्ने उनको धारणा रहेको थियो । सांसद विष्टले यो आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले कोरोनाको महामारिको बीचमा पनि उत्कृष्ट बजेट ल्याउन सफल भयको वताए । सांसद विष्टले गण्डकी प्रदेस सरकारले ल्याएको बजेटमाथि टिकाटिप्पणी गर्नुभन्दा पनि नीलो कितावलाई राम्रो सङ्ग अध्ययन गर्न विपक्षी दलका सासदहरुलाई आग्रह गरे ।
निलो किताब आकाश जस्तै छर्लङ्ग निलो भएकाले यसमाथी टिकाटिप्पणी गर्नुको कुनै औचित्य नभएको उनको भनाइ रहेको थियो । विकासको काम यो सरकारलेतीन वर्षको अवधिमा अघिल्लो सरकारहरुले भन्दा उत्कृष्ट काम गरेको वताउदै विकासको कामको अवलोकन गर्नका लागि समेत विपक्षी दलका सांसदहरुलाई आग्रह समेत गरे ।
Related News
सम्बन्धित समाचार
अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१