पूर्वी नवलपरासीमा संक्रमितको संख्या १ सय १६ पुग्यो, शनिबार १७ जना थपिए

आदर्श समाज सम्वाददाता
असार ६, २०७७
Coronavirus_world_2

पूवी नवलपरासी, ६ असार । पूर्वी नवलपरासीमा शनिबार थप १७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नवलपुरमा संक्रमितको संख्या १ सय १६ जना पुगेको छ ।

१ सय १६ जना मध्ये दुई जना उपचार पछि निको भएर फर्किएका छन् भने ३ जना नेपाल सरकारको निर्देशिका अनुसार उपचार पछि घर फर्किएका छन् ।शनिबार देवचुलीका २ जना, मध्यविन्दुको २ जना विनयी त्रिवेणीका १ जना, बुलिङटारका ११ जना र बौदीकालीका १ जना गरी शनिबार १७ जना संक्रमित थपिएका हुन् । ती सबै भारतबाट आएको हुन्।

छुट्टा–छुट्टै ३ वटा परीक्षण प्रयोगशालाबाट जिल्ला स्वास्थ्य कार्यालय नवलपुरलाई प्राप्त भएको जानकारी अनुसार कार्यालय प्रमुख केशव प्रसाद चापागाईले नवलपुरका थप १७ जनामा संक्रमण देखिएको जानकारी गराए ।भरतपुर प्रयोगशालामा भएको परिक्षणमा ५ जना संक्रमित भेटिएका छन् । देवचुलीका २, मध्यबिन्दुका २ र बिनयी त्रिबेणीका १ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।

मध्यविन्दु नगरपालिकाका १४ का २५ र २४ बर्षीय दुई जना पुरुष, देवचुली १ वस्ने वर्ष १९ का पुरुष, विनयत्रिवेणी २ वस्ने वर्ष २१ का पुरुष र देवचुली ७ वस्ने वर्ष २९ का पुरुषमा संक्रम देखिएकबो भरतपुर अस्पतालले जनाएको छ । चापागाईका अनुसार देवचुलीका ३१ मध्यबिन्दुका ११ र बिनयी त्रिबेणीका १५ स्वाव गरी ५७ नमुना परीक्षण भएकोमा ५ जनामा पोजेटिभ आएको हो ।

पोखरामा भएको परीक्षणमा बुलिङटारका मात्रै ११ जना संक्रमित देखिएका छन् । बुलिङटारबाट परीक्षणका लागी पोखरा पठाईएका १०८ मध्ये यसअघि ४३ स्वाव नेगेटिभ आएका थिए । आज ११ पोजेटिभ र ५ नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।संक्रमित हुनेहरुमा १७, ३७, ३०, ३७, २२, २०, ४१, ३३, २१, ३८ र २२ बर्षका ११ जना पुरुष छन् ।यस्तै काठमाण्डौको प्रयोगशालामा भएको नमुना जाँचमा बौदीकालीका १७ बर्षीय १ जना पुरुषमा संक्रमण देखिएको छ । बौदीकालीका ३ स्वावको रिपोर्ट आएकोमा २ वटा नमूना नेगेटिभ छन् । काठमाण्डौ प्रयोगशालाबाट परीक्षण रिपोर्ट आएपनि यहाँबाट पोखरा पठाईएको स्वाव पोखराले काठमाण्डौ पठाएको हो ।पोखरामा गैंडाकोटका १४ मध्ये ९ वटा नमूना र मध्यबिन्दुका ७४ मध्ये ५ वटा नमूना नेगेटिभ छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width