पोखरा । जर्मन कप फुटबल उपाधिका लागि बुन्डेसलिगा लिग लिडर बायर्न म्युनिख र लेभरकुसेन भिड्ने भएका छन् ।
गत राति भएको अन्तिम सेमिफाइनल खेलमा बुन्डेसलिगा लिगकै अर्को क्लब फ्रान्कफर्टलाई बायर्न म्युनिखले २–१ गोलले हराउँदै फाइनल यात्रा गरेको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा बायर्न म्युनिखका इभान पेरिसच र रोबर्ट लेबान्डोस्कीले गोल गर्दै टोलीलाई फाइनल यात्रा गराएको हो ।
लेभरकुसेन मंगलबार भएको खेलमा चौथो श्रेणीको टोली साब्रुककेनमाथि ३–० को जित निकालेर फाइनलमा पुगिसकेको छ ।
अब, कपको फाइनल खेल आगामी जुलाई ४ तारिखमा हुनेछ । बार्यनले आजसम्म १९ पटक कपको उपाधि जितिसकेको छ । ऊ यसपटक २०औं पटक कपको च्याम्पियन बन्ने दाउमा छ ।
बायर्नका इभान पेरिसचले खेलको १४ औं मिनेटमा गोल गर्दै बायर्न म्युनिखलाई अग्रता दिलाएका थिए । पेरिसचले थोमस मुलरको असिस्टमा गोल गरेका थिए । उता, फ्रान्कफर्टका तर्फबाट ड्यानी डी कोस्टाले पहिलो हाफपछि ६९ औं मिनेटमा गोल गर्दै बराबरीमा पु¥याए ।
त्यसको लगत्तै ७४ औं मिनेटमा बार्यनका लागि लेवान्डोस्कीले गोल गरेपछि सोही गोलको मद्दतमा बार्यनले खेल २–१ ले जित्यो । लेवान्डोस्कीले जोसुवा किम्मिचको पासमा गोल गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१