कोरोना भाइरसबाट १४ को मृत्यु, ३७६२ संक्रमित

एजेन्सी
जेठ २६, २०७७
virus upward trend

काठमाण्डौ, २६ जेठ । नेपालमा सोमबार ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। संक्रमणबाट हालसम्म नेपालमा १४ जनाले ज्यान गुमाएका छन् । ४८८ जना निको भएका छन्।सोमबारसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width